
डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारमा जुवा खेलिरहेका पाँच जना पक्राउ परेका छन्।

अमरगढी–१० का ४२ वर्षीय दिपक भण्डारीले सञ्चालन गरेको आरति होटलको दोस्रो तलामा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित पाँच जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूबाट नगद ३७ हजार ७८५ रुपैयाँ र २०८ पत्ता तास बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































