
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले आगामी दिनहरूमा विभिन्न स्थानमा निशुल्क अल्ट्रासाउण्ड सेवा र पाठेघर (सर्भिक्स) को मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ।


नगर स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीका अनुसार, “गर्भवती महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन निशुल्क अल्ट्रासाउण्ड सुविधा उपलब्ध गराउने र साथै महिलाहरूमा बढ्दो जोखिम रहेको मुख क्यान्सरको प्रारम्भिक पहिचानका लागि पाठेघरको मुख क्यान्सर स्क्रिनिङ कार्यक्रम अत्यन्त महत्वपूर्ण छ।”
स्वास्थ्य शाखाले निर्धारण गरेको तालिकाअनुसार सेवाहरू निम्न स्थान र मितिमा सञ्चालन हुनेछन्:
२०८२।०४।२६ गते – अत्तरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र
२०८२।०४।२७ गते – स्याउले आधारभूत स्वास्थ्य सेवा केन्द्र
२०८२।०४।२८ गते – गेटा आधारभूत स्वास्थ्य सेवा केन्द्र
२०८२।०४।३० गते – बुढीतोला आधारभूत स्वास्थ्य सेवा केन्द्र
स्वास्थ्य शाखाले सबै सरोकारवालालाई उक्त सेवामा सहभागिता जनाउन आग्रह गरेको छ।































