
धनगढी: कैलाली कारागारमा गत शुक्रबार कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु र ४८ जना घाइते भएपछि देशभरका कारागारमा सुरक्षा सतर्कता बढाइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आइतबार साँझ बसेको सुरक्षा समितिको बैठकले यो निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

बैठकले घाइतेहरूको उपचार सरकारी खर्चमा गर्ने, कारागारभित्र होलोजन बत्ती र सीसी क्यामरा जडान गर्ने, मर्मत–सम्भार तुरुन्त सुरु गर्ने र सुरक्षाका लागि आवश्यक उपकरण तथा साधनको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ।
































