अत्तरियामा बागेश्वरी मल्टीमोटर्सले सञ्चालन गर्यो ‘टीभीएस एक्सचेन्ज मेनिया’ अफर

Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका अत्तरिया बसपार्कमा बागेश्वरी मल्टीमोटर्स (टीभीएस शोरुम)ले ‘एक्सचेन्ज मेनिया’ अफर सुरु गरेको छ। ७ दिनसम्म चल्ने यो अफर भाद्र १ देखि ६ गतेसम्म ग्राहकका लागि उपलब्ध हुनेछ।

CP Hospital Dhangadhi

शोरुम सञ्चालक प्रेम साउदका अनुसार, अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन्। नयाँ मोटरसाइकल खरिदमा ८ हजार र नयाँ स्कुटर खरिदमा ६ हजार रुपैयाँ नगद छुट दिइनेछ।

nawajiwan
Attariya Hospital

यसैगरी, एक्सचेन्जमा ल्याइएका पुराना सवारीसाधनमा बजार मूल्य भन्दा १० हजार बढी मूल्याङ्कन गरिनेछ। न्यूनतम मूल्याङ्कन ३० हजार रहेको कम्पनीले जनाएको छ।

ग्राहक सुविधाका लागि फ्री एक्सेसोरिज जस्तै हेल्मेट, ब्याग र बाइक कभर निःशुल्क उपलब्ध गराइनेछ। साथै, टीभीएस लाइफटाइम वारेन्टीले ग्राहकको विश्वास र सुविधा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।