
आज – ०२ भाद्र २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसम्मानमा कमी आउनेछ। अप्ठ्यारा कार्य सिद्ध हुनाले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन नलाग्ला सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं बहन गर्नु होला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्नु आज उपयुक्त रहनेछ। व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थीहरूको पठनपाठन मन नलाग्ला। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट प्रशंसा पाइएला। हात लिएको काममा आलस्य नदेखाउनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ होला। नयाँ ठाउँमा लगानी लगाउनु भन्दा अघि सोचविचार अवश्य गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक यात्रा लाभदायक रहनेछ। परिवारमा पुराना कुरालाई लिएर झै झगडा को सम्भावना रहेको छ सावधान रहनुहोस्। मन अशान्त रहन सक्छ। हात लिएको जिम्मेदारी पूरा गर्न आलस्य नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्यात्मतर्फ रुचि बढ्ला। कृषिमा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। पुराना कुरालाई लिएर परिवारमा मनमुटाव थियो भने सुल्झिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। सांस्कृतिक संघ समारोहमा सहभागी भइएला। प्रतिष्ठित कार्य गरेर आफूलाई समाजमा चिनाउन सकिनेछ। जीवनसाथीको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा सहयोगीहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्य र पराक्रममा वृद्धि हुनेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन प्रसन्न रहनेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
हाम्रो पात्रो बाट































