बैतडीको स्वास्थ्यचौकीमा कार्यरत अनमी भागरथी मृत फेला

Image
Nisarga Hospital

बैतडी : बैतडीमा एक महिला स्वास्थ्यकर्मी मृत फेला परेकी छन्।मृत फेला पर्नेमा जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी कुँवर रहेकी छिन्।

CP Hospital Dhangadhi
Attariya Hospital

आइतवार राति ८ बजेतिर कोठामा विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए।पुर्चौडी–१० चौमाला घर भएकी मृतक कुँवरका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै उनीहरुको विवाह भएको थियो।

अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।