युवा उद्यमी संघ कैलालीका सदस्यहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

नेपाली युवा उद्यमी संघ कैलाली च्याप्टरका सदस्यहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको संघको कैलाली च्याप्टरले नयाँ सदस्यहरुका बीचमा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो । नयाँ सदस्यहरुलाई संस्थाको बारेमा जानकारी दिदैं संस्थामा आबद्ध सदस्यहरुले पाउने विभिन्न सुविधाहरुको बारेमा जानकारी दिईएको छ ।

CP Hospital Dhangadhi

धनगढीमा आयोजित कार्यक्रममा संस्थामा २२ जना नयाँ सदस्यहरु आबद्ध भएपछि उनीहरुलाई त्यसको बारेमा जानकारी दिईएको हो ।

Attariya Hospital

नेपाली युवा उद्यमी संघ कैलाली च्याप्टरका अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको कैलाली च्याप्टरका संस्थापक अध्यक्ष तथा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा, संस्थाका पुर्व अध्यक्ष रोशन भट्टले संस्थाको परिचय र संस्थाले सञ्चालन गरिरहेका विभिन्न गतिविधिहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरो थिए । नेपाली युवा उद्यमी संघ कैलाली च्याप्टरमा हाल ५० जना सदस्यहरु आबद्ध रहेका छन् ।

nawajiwan