
कैलाली: दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस (गोदावरी वडा नं. २ र ४) जाने बाटोमा नेपाली सेनाले गेट निर्माण गरी आवतजावत रोक्दा स्थानीयवासी आक्रोशित भएका छन्।

सेनाले बुद्ध मन्दिर नजिकै गेट बनाउँदै बाटो अवरुद्ध गरेपछि लामो समयदेखि सो मार्ग प्रयोग गर्दै आएका विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो असुविधा भएको छ। स्थानीयले यसलाई सार्वजनिक बाटोमा हस्तक्षेप भन्दै आपत्ति जनाएका छन्।

उनहरूको भनाइमा क्याम्पस जाने मुख्य बाटो बन्द गरिँदा शिक्षण संस्था, विद्यार्थीवर्ग र समुदायको दैनन्दिन गतिविधि प्रभावित भएको छ। सेनाले भने उक्त क्षेत्र आफ्नो भोकाधिकरमा परेकाले सुरक्षा कारण गेट निर्माण गरिएको दाबी गरेको छ।

यस घटनाले स्थानीय र सेनाबीच वार्ता आवश्यक भएको माग उठेको छ। समाधान नभए निकट भविष्यमा थप सामाजिक विवाद बढ्न सक्ने संकेत देखिएको छ।































