
कैलालीको अत्तरियास्थित शिखर डेन्टल क्लिनिक प्रा.लि. र एनआइसी एसिया बैंक अत्तरिया शाखाबीच उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ।

बैंक अत्तरिया शाखा प्रमुख उमेश केसी र शिखर डेन्टलका प्रबन्ध निर्देशक मिनबहादुर देउवाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार एनआइसी एसिया बैंकका ग्राहक तथा कर्मचारीले दाँत तथा मुखसम्बन्धी उपचारमा २० प्रतिशत छुट पाउनेछन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत शिखर डेन्टलले बैंकका कार्ड होल्डर तथा कर्मचारीलाई निःशुल्क चेकजाँचसहित सम्पूर्ण उपचारमा विशेष सुविधा दिने जनाएको छ।

यस्तै, सुदूरपश्चिमको भाषा, संस्कृति र चाडपर्वको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले गौरा, बडादशैं, दीपावली, जाँत (मेलापर्व)को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी रहेको क्लिनिकका म्यानेजर छविलाल जोशीले जानकारी दिए।






























