सिगास–५ खैरकोट र ढुङ्गाडमा गौरा पर्वको अवसरमा देउडा कार्यक्रम आयोजना हुने

Image
Nisarga Hospital

बैतडी — सुदूरपश्चिम प्रदेशको मौलिक चाड गौरा पर्वको अवसर पारेर बैतडीको सिगास गाउँपालिका–५ मा देउडा कार्यक्रमको आयोजना हुने भएको छ । वडा कार्यालय सिगास–५ र स्थानीयबासीहरुको संयुक्त आयोजनामा हुने सो देउडा कार्यक्रम दुई दिनमा सम्पन्न गरिने जानकारी प्राप्त भएको छ ।

CP Hospital Dhangadhi

वडा अध्यक्ष राजेन्द्र बहादुर चन्दका अनुसार पहिलो प्रतियोगिता आगामी भदौ १५ गते दिउँसो ३ बजे ढुङ्गाडमा आयोजना हुनेछ भने दोस्रो प्रतियोगिता भदौ १६ गते दिउँसो ३ बजे खैरकोटमा हुने छ ।

देउडा पश्चिम नेपालको पहिचान र गौरासँग जोडिएको मुख्य सांस्कृतिक विधा भएकाले यसलाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । “गौरा हाम्रो मौलिक चाड हो, यसले समुदायलाई एकता र संस्कृति जगेर्ना गर्ने सन्देश दिन्छ,” वडा अध्यक्ष चन्दले बताए ।

nawajiwan

ढुङ्गाडस्थित कार्यक्रमको संयोजन शारदा मावि ढुङ्गाडका शिक्षक हर्का देवी चन्दले गर्नेछन् भने खैरकोट तर्फको संयोजन गर्ने जिम्मेवारी भुवनेश्वरी माविका प्रधानाध्यापक वीरेन्द्र सिंह धामीले पाएका छन् ।

Attariya Hospital

कार्यक्रमलाई अझ व्यवस्थित बनाउन आफ्नो तर्फबाट यथाशक्य प्रयास गर्ने दुबै कार्यक्रमका संयोजकले वताएका छन् ‌ ।

सिगास – ५ का वडा अध्यक्ष चन्दले सम्पूर्ण अभिभावक, विद्यार्थी, बुद्धिजीवी, महिला समूह र युवाहरूलाई देउडा प्रतियोगितामा उपस्थित भई मौलिक संस्कृति जगेर्ना र गौरापर्वलाई अझ भव्य बनाउन योगदान दिन आग्रह गरेका छन् ।

हेर्नुहोस् सूचना: