कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो !

Image
Nisarga Hospital

कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक, ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको रेन्बो एकेडेमी स्कुलको बसले २३ वर्षीय सागर डगौराको ठक्कर दिएको थियो।

CP Hospital Dhangadhi

सागर गम्भीर घाइते भएका थिए र उनलाई सेवा नर्सिङ होम नेपालगंज, बाँके लगिएकोमा बिहीवार चिकित्सकले मृत्यु घोषणा गरेका छन्। सोही मोटरसाइकलमा सवार १४ वर्षीय अनिल चौधरी घाइते भएका छन् र उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

Attariya Hospital

बस र चालक इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा राखिएको छ। प्रहरीले दुर्घटना सम्बन्धमा अनुसन्धान सुरु गरेको छ।

nawajiwan