कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि शव चिस्यान सेवा सुरु

Image
Nisarga Hospital

बर्दगोरिया गाउँपालिकाले शुक्रवारदेखि शव चिस्यान सेवा सञ्चालन गरेको छ। निधन भएका व्यक्तिको पार्थिव शरीर केही समय सुरक्षित राख्न सकिने गरी गाउँपालिकाले दुई वटा विद्युतीय चिस्यान यन्त्र खरिद गरेको हो। यो सेवा नागरिकका लागि निःशुल्क रहनेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

सेवाले विशेषगरी रोजगारीको सिलसिलामा विदेशमा रहेका आफन्तलाई मृतकसँग अन्तिमपटक मुखदेख गर्ने अवसर दिने अपेक्षा गरिएको छ। “आफन्तको निधन हुँदा बाहिर रहेका परिवारजनले मृतकलाई देख्न नपाउने समस्या थियो। अब धेरैले अन्तिमपटक मुख देख्न सक्नेछन्,” गाउँपालिकाका प्रवक्ता मिथुन गौतमले भने।

पालिका अध्यक्ष कर्णबहादुर कुँवरले पनि यो सेवाले नागरिकलाई सरकार भएको अनुभूति दिलाउने बताए। उनका अनुसार आवश्यकता अनुसार थप चिस्यान यन्त्र उपलब्ध गराइनेछ। हाललाई दोदोधारा अस्पतालमार्फत सेवा सञ्चालन भएको छ भने आवश्यक परे घरमै चिस्यान यन्त्र लैजाने सुविधा पनि उपलब्ध हुनेछ।

निरन्तर जनपक्षीय काम गर्दै आएको गाउँपालिकाको यो पहलबाट स्थानीयवासी खुसी भएको गाउँपालिकाले जनाएको छ।