धनगढीमा सशस्त्र प्रहरीद्वारा १४ लाखभन्दा बढीको अवैध मोबाइल पार्ट्स र हार्डवेयर बरामद

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट सशस्त्र प्रहरीले १४ लाख ६२ हजार ८९६ रुपैयाँ मूल्यका अवैध मोबाइल पार्ट्स र हार्डवेयरका सामान बरामद गरेको छ।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट जुगेडाबाट नायब निरीक्षक भुवनबहादुर विश्वकर्माको कमाण्डमा खटिएको १४ जनाको टोलीले सामानसहित गोरुगाडा नियन्त्रणमा लिएको हो।

Attariya Hospital

बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

nawajiwan