राजु सुवेदीको समाचार संसदसम्म : कान्ति अस्पतालको लापरवाही छानबिन गरिने, बिरामीको उपचार खर्च सरकारले बेर्होने

Image
Nisarga Hospital

काठमाडौं, साउन २४ – पत्रकार राजु सुवेदीद्वारा कान्ति बाल अस्पतालमा भएको लापरवाहीसम्बन्धी समाचारले संसददेखि सामाजिक सञ्जालसम्मको ध्यान तानिरहेको छ।

CP Hospital Dhangadhi

सुवेदीले बागलुङको निशिखोला गाउँपालिका–३ की ७ वर्षीया सेसन शाहीलाई उपचारका लागि कान्ति बाल अस्पताल ल्याइएपनि ‘बेड छैन’ भन्दै अस्पतालले फिर्ता पठाएको घटनाबारे लेखेका थिए। सो विषय सार्वजनिक भएपछि देशभरबाट स्वास्थ्य सेवामा देखिएको चरम लापरवाहीप्रति आक्रोश व्यक्त भइरहेको छ।

प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै सांसद चित्र बहादुर केसीले यस घटनाले मुलुकको स्वास्थ्य सेवाको वास्तविक अवस्थालाई उदांगो बनाएको बताए।

nawajiwan

“पत्रकार राजु सुवेदीले लेखेको समाचारले गम्भीर लापरवाही उजागर गरेको छ, यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ,” उनले भने। त्यस्तै, सांसद डा. तोशिमा कार्कीले पनि बालबालिकाको उपचार जस्तो संवेदनशील विषयमा यस्तो बेवास्ता हुनु दु:खद रहेको बताउँदै तत्काल छानबिन समिति गठन गर्न माग गरिन्। “कान्ति अस्पतालको लापरवाहीप्रति जिम्मेवार निकायको जवाफदेही कायम हुनुपर्छ,” उनले जोड दिइन्।

Attariya Hospital

सामाजिक सञ्जालमा समेत यो विषय अहिले भाइरल बनेको छ। प्रयोगकर्ताहरूले पत्रकार सुवेदीको प्रयासको प्रशंसा गर्दै यस्ता घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ। मन्त्रालयका अनुसार कान्ति अस्पतालले उपचार नगरेपछि पत्रकार सुवेदीकै पहलमा निजी अस्पतालमा भर्ना गरी उपचार थालिएको हो।

बिरामी बालिकाको उपचार खर्च सरकारले बेर्होने मन्त्रालयले जनाएको छ। पत्रकार राजु सुवेदीको जनचासो र सेवाप्रति प्रतिबद्धता पुनः एक पटक उदाहरणीय बनेको छ। बालिका शाहीको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।