गौरा पर्वमा ‘मुसुरदानी’ गीतले ततायो सुदूरपश्चिमको माहोल

Image
Nisarga Hospital

सुदूरपश्चिमका गाउँबस्तीमा वर्षेनि मनाइने गौरा पर्वमा यतिबेला महिलाहरु दिनहुँ भेला भएर ‘मुसुरदानी’ गीत गाउँदै माहोललाई उत्साहले भरिएका छन्।

CP Hospital Dhangadhi

‘सानी डाली घँगारुकी, मुसुरदानी… म बाबाका माइत जान्छु, मुसुरदानी…’ जस्ता ठाडो भाकाका गीतले विवाहिता छोरीले माइतीपक्षप्रति राख्ने माया, आशा र अपेक्षालाई अभिव्यक्त गर्दै उपस्थित दर्शकलाई रमाइलोको अनुभव दिलाएका छन्। महिलाहरु समूहमा गोलबन्द भई गीत प्रस्तुत गर्दा खेल परिसर खचाखच भरिएको थियो।

महिलासँगै पुरुष–महिला समूहले दोहोरी शैलीमा देउडा गीत प्रस्तुत गर्दा माहोल अझ रोमाञ्चक बन्यो। गौरा पर्वमा गाइने चैत, धमारी, फागलगायतका गीतले देवी–देवताका महिमा देखाउने मात्र होइन, समाजका विकृति, विसंगति र कुशासनविरुद्ध व्यङ्गात्मक सन्देश दिने गर्दछ।

nawajiwan
Attariya Hospital

गौरा र महेश्वर (शिव)को पूजाआजा सकेपछि गाउँघर वा मन्दिर परिसरमा समूहमा खेल खेलिन्छ। सप्तमीका दिन व्रतालु हिन्दु महिलाले खेतमै गौराको प्रतिमा तयार पारेर माङ्गल गीत र फाग गाउँदै गौरा घर वा मन्दिरमा भित्र्याउने गर्छन्। विवाहिता महिलाले आफ्ना पतिको दीर्घायु र घरको सुख–शान्ति कामना गर्दै ‘दुब–धागो’ धागो आफ्नो घाँटीमा लगाउने प्रचलन छ।

गाउँमा माहोल बढ्दै जाँदा कतिपय स्थानमा गौरा खेल १०–१५ दिनसम्म चल्ने गर्दछ। पौराणिक विश्वासअनुसार, हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउन गरेको कठोर व्रतको फलस्वरुप गौरा पर्व मनाइँदै आएको हो।

सुदूरपश्चिमका गाउँबस्तीमा सदियौँदेखि मनाइने ‘मुसुरदानी’ र देउडा गीतले सामाजिक, धार्मिक र सांस्कृतिक महत्वको सम्पदालाई जीवन्त राख्दै नयाँ पुस्तासम्म पुर्‍याउने कार्य गरिरहेको छ।