जेनजि आन्दोलनका सहिदको सम्झनामा कञ्चनपुर सँगै सुदूरपश्चिम यातायात सेवा बन्द

Image
Nisarga Hospital

अत्तरियाः जेनजि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै र सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कञ्चनपुरका यातायात व्यवसायीहरूले अर्को सूचना नभएसम्मका लागि यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

सोमबार काठमाडौंसहित देशभर जेनजि युवाहरूले आन्दोलन गरेका थिए। सरकारले सञ्चालन गरेको गोलीप्रयोगका कारण १९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। घटनापछि विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छन्।

Attariya Hospital

आज पनि विभिन्न स्थानमा आन्दोलन भइरहेका छन्। यस घटनाले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि गम्भीर ध्यान आकृष्ट गरेको छ।

nawajiwan