धनगढीमा आज दिउँसो १२ बजे देखि अनिश्चितकालीन निषेधाज्ञा जारी

Image
Nisarga Hospital

अत्तरिया : धनगढीमा आज दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

CP Hospital Dhangadhi

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा लागू गरेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार सुरक्षाको संवेदनशीलताका कारण धनगढीका केही महत्वपूर्ण स्थानहरूलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको हो।

Attariya Hospital

प्रदेश प्रमुखको कार्यालय र निवास, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निवास, ल्लिा प्रशासन कार्यालय, बसपार्क क्षेत्र,
सबै प्रदेश मन्त्रालय र निवास, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास, सरकारी कार्यालय क्षेत्र, राजनीतिक दलका पार्टी कार्यालय क्षेत्र र पुष्पलाल चोक क्षेत्र, डिभोटी होटल चोक क्षेत्र मा निषेधज्ञा लगाएको हो ।

nawajiwan

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ कि तोकिएका क्षेत्रमा पाँच जना भन्दा बढीको समूह बनाई हिँडडुल गर्न, कुनै सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। यसअघि पनि आन्दोलनका कारण कैलालीमा तनावपूर्ण अवस्था देखिएको थियो। सुरक्षाकर्मीको सशक्त उपस्थिति बीच प्रशासनले शान्ति–सुरक्षालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।