ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् भदौ २९ गते आइतबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २९ भाद्र २०८२ आइतवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यको चापबाट फुर्सद पाइनेछ। सञ्चित रकम खर्च गर्नुपर्ला। व्यापारलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कमजोर रहनाले काम गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नुका साथै उपलब्धि प्राप्त होला। प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले अध्ययनमा प्रगति हुनेछ। अनुभवलाई निखार्ने समय रहेको छ। पिताको सहयोग मिल्नेछ। सेवामूलक कामले समाजमा प्रतिष्ठित गराउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको फाइदाको लागि उपयोगी भइनेछ सतर्क रहनुहोस्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। साझेदारीमा असमझदारी बढ्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त वा साथीभाइहरूबाट टाढिनुपर्ला। यहाँको मेहनतमा अरुले फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतले राम्रो परिणाम प्राप्त हुनेछ। परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ सचेत रहनुहोस्। व्यापारमा राम्रो फड्को मार्न सकिनेछ। प्रशासनिक काममा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहसिक कार्य गर्ने समय रहेको छ। कला वा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नाले मनोबलमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भविष्यको लागि विशेष कामको जग बसाउने अवसर मिल्नेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउन नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चिताएका काममा सोचेजस्तो सफलता मिल्नेछ। पहिलाको उपलब्धिले नयाँ कार्यमा थप उत्साह जाग्नेछ। युवाहरूलाई शिक्षामा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवन सुमधुर रहनेछ। सहयोगीहरूले सहयोगको नाममा हजुरको कमजोरीको फाइदा उठाउन सक्छन्। परिस्थितिलाई बुझेर नयाँ निर्णय लिनुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्च बढ्नुका साथै अर्थको अभावले सताउन सक्छ। विवादबाट टाढा रहनुहोस्। आफन्तहरूको मध्यमा रमाइलो समय व्यतीत हुनेछ। यात्राको रूपरेखा निर्माण हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। राम्रो प्रतिष्ठा कमाउने बेला रहेको छ। भूमि भवन वा पैतृक सम्पत्तिबाट लाभ मिल्ला। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

हाम्रो पात्रो बाट