बन्द र कर्फ्यु हटे सँगै बाजुरामा स्याउ टिप्न किसानलाई चटारो

Image
Nisarga Hospital

बाजुरामा कर्फ्यु हटेसँगै स्याउ किसानहरू बारीमै व्यस्त बनेका छन्। जिल्ला प्रशासनले भदौ २५ गतेदेखि लगाएको कर्फ्यु शनिबारदेखि पूर्णरूपमा हटाएपछि किसानले स्याउ टिप्ने काम सुरु गरेका हुन्। बन्दका कारण बारीमै थन्किएको स्याउ अहिले पिठ्युमा बोकेर बिक्री गर्नुपर्ने बाध्यता उनीहरूमा छ।

CP Hospital Dhangadhi

बुढीनन्दा नगरपालिका–९ की नैन बोहरा भन्छिन्, “बजारमा पुर्‍याउने बाटो अझै बन्द छ। त्यसैले पिठ्युमा बोकेर भए पनि स्याउ बेच्नुपर्छ।”

Attariya Hospital

बाजुराको पूर्वउत्तर क्षेत्रमा पर्ने हिमाली, सवामिकार्तिक खापर, जगनाथ र बूढीनन्दा पालिकामा मुख्यतया स्याउ उत्पादन हुन्छ। गत वर्ष जस्तै यस वर्ष पनि करिब एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ।

nawajiwan

कृषि ज्ञान केन्द्र बाजुराले विगतमा बाटो अवरुद्ध हुँदा खच्चरमार्फत ढुवानीको लागि अनुदान उपलब्ध गराएको भए पनि जेनजी आन्दोलनपछि त्यस्तो पहल हुन सकेको छैन। हाल जिल्लामा करिब १७० हेक्टरमा स्याउ खेती भइरहेको छ। विगतका वर्षमा ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री भएकोमा यसपटक किसान अझै बजार पहुँचको समस्याले चिन्तित छन्।