सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता तयारी

Image
Nisarga Hospital

अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता हुने तयारी भइरहेको छ। प्रधानमन्त्री कार्यालयका स्रोत अनुसार, वार्ता आगामी बिहीबार बिहान साढे ११ बजे तय गरिएको छ। मंगलबार वार्ता हुनुपर्ने योजना भए पनि अन्तिम समयमा स्थगित भएको थियो।

CP Hospital Dhangadhi

प्रधानमन्त्री कार्यालयले जनाएको छ, ‘भोलि हाम्रोमा शोकबिदा दिइएको छ, त्यसैले वार्ता पर्सि बिहान साढे ११ बजे हुने देखिन्छ।’

Attariya Hospital

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका प्रदर्शनपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन्। मोदीले कार्कीको नियुक्ति सामाजिक सञ्जालमार्फत बधाइ दिएका थिए। उनले गत शनिबार मणिपुरमा आयोजित कार्यक्रममा पनि कार्की नेतृत्वको सरकारलाई महिला सशक्तीकरणको उदाहरणको रूपमा उल्लेख गरेका थिए।

nawajiwan

वार्ताले दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ, साथै व्यापार, संस्कृति र आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ।