फिलिपिन्समा शुक्रबार राति १० बजे ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो भूकम्पका कारण हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घाइते र प्रभावितको संख्या अझै बढ्ने आशंका गरिएको छ । उद्धार तथा राहतकार्य तीव्र गतिमा जारी छ भने उद्धार टोलीलाई स्थानीय प्रशासन र सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

भूकम्पका कारण केही भवनहरुमा क्षति पुगेको र विद्युत आपूर्ति अवरुद्ध भएको समाचार आएको छ । विस्तृत विवरण भने अहिलेसम्म आइनसकेको बताइएको छ ।