विपिन जोशीको रिहाइको आशा बढ्यो: इजरायल–हमास यु’द्धविरामको पहल

Image

अमेरिकाले प्रस्ताव गरेको युद्धविरामलाई इजरायल र हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनेका कञ्चनपुरका विपिन जोशीको रिहाइको सम्भावना बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षदेखि जारी गाजापट्टी युद्ध अन्त्यका लागि २० बुँदे योजना अघि सारेका थिए ।

युद्धविराम कार्यान्वयन भएमा हमासले नियन्त्रणमा रहेका सबै बन्धकलाई पहिलो चरणमै रिहा गर्नुपर्नेछ । इजरायल र हमासले अनौपचारिक सहमति जनाएपछि जोशीसहित ४८ जनाको रिहाइ सम्भावित भएको हो । सोमबार इजिप्टको कायरोमा मध्यस्थकर्ताको सहजीकरणमा औपचारिक वार्ता हुने तयारी छ, जसले बन्धक–कैदी साटासाट प्रक्रिया सुरु गर्न समयसीमा तय गर्ने अपेक्षा गरिएको छ ।

nawajiwan
Attariya Hospital

इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । विपिनलाई ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । २०२३ अक्टोबर ७ मा हमासले उनलाई बन्धक बनाएर लगेको थियो, जसमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल सरकारले विपिनको रिहाइका लागि पहल गर्दै आएको छ । उनकी आमा र बहिनी पुष्पा संयुक्त राष्ट्रसंघ र इजरायलका उच्च तहका अधिकारीसँग भेटेर शीघ्र रिहाइको माग गरिसकेका छन् । अहिले बन्धक मुक्तिको प्रयास तीव्र हुँदैछ ।