ग्रिनल्याण्डमाथि ट्रम्पको आँखा: अन्तर्राष्ट्रिय निन्दा, युरोप र चीनको कडा प्रतिक्रिया

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउनुपर्ने अभिव्यक्ति दिएपछि अन्तर्राष्ट्रिय स्तरमा तीव्र निन्दा भएको छ। खनिजले भरिपूर्ण आर्कटिक क्षेत्र ग्रिनल्याण्डप्रति वासिङ्टनको चासो र भेनेजुएलामाथिको सैन्य हस्तक्षेपले विश्व समुदायमा थप चिन्ता जन्माएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले “राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्याण्ड आवश्यक छ, डेनमार्कले यसलाई सम्हाल्न सक्दैन” भनेका थिए। दुर्लभ खनिज, पग्लँदो ध्रुवीय हिउँ र नयाँ ढुवानी मार्गका कारण ग्रिनल्याण्ड रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। साथै, यो रुस–अमेरिकाबीच क्षेप्यास्त्र मार्गको छोटो दूरीमा पर्ने भएकाले त्यहाँ अमेरिकी सैन्य आधार पनि रहेको छ।

ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले “अब अति भयो” भन्दै विलयको कल्पनालाई अस्वीकार गरेका छन्। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र इयूले पनि कोपेनहेगनको समर्थन जनाएका छन्। चीनले ‘तथाकथित चिनियाँ धम्की’को बहाना नबनाउन अमेरिकालाई चेतावनी दिएको छ। युरोपेली नेताहरूले ग्रिनल्याण्डको भविष्य त्यहाँका जनता र डेनमार्कले मात्रै तय गर्न सक्ने स्पष्ट पारेका छन्।