“सम्झु त मन रुनी” राष्ट्रभक्ति गीत सार्वजनिक : युवाको आवाज बनेको संगीत भिडियो भाइरल हुने तयारीमा

Image
Nisarga Hospital

शिक्षक तथा सर्जक जय खाती (जे. के. सर) द्वारा सिर्जना गरिएको राष्ट्रभक्ति गीत “सम्झु त मन रुनी” शुक्रबार साँझ New Kaphali Music Pvt. Ltd को युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गायक पदम कार्की र गायिका गौरी भट्ट को स्वरमा तयार भएको यस गीतको लय पनि पदम कार्कीले नै सिर्जना गरेका हुन्।

CP Hospital Dhangadhi

गीतले देशका युवामा बेरोजगारी, चरम भ्रस्टाचार, ऋणका भार, जेन्जी आन्दोलनका सहिद र उनीहरूको मागको अवमुल्यन, अनि दलहरूको असंवेदनशीलताले युवा पलायन हुन बाध्य हुनु पर्ने पीडा जस्ता भावहरू समेटेको छ। सर्जक जय खातीले गीत सिर्जना गर्दा देशको वर्तमान अवस्था देखेर दुःख र निरास अनुभूति भएको र यही कारण गीतमार्फत युवाको आवाज उठाउन चाहेको बताउनुभयो।

भिडियोमा बीर बोहरा, मनिशा रावल र सिर्जना बोर्डिङ स्कुलका विद्यार्थी लगायत सम्पूर्ण शिक्षकहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियो सम्पादन गणेश साउँद, निर्देशन रमेश बिजुली बी. सी., छ्याङ्कन प्रकाश विश्वकर्मा, र एरेन्ज भुमीराज थापा द्वारा गरिएको छ। गीतको अडियो परिवर्तन डिजिटल रेकर्डिङ स्टुडियो बाट तयार गरिएको हो।

nawajiwan
Attariya Hospital

गायक पदम कार्कीले गीत गाउन पाउँदा अत्यन्त खुशी भएको र यसलाई सबै युवाको आवाज मान्ने बताए। सबैले युट्युबमा गएर गीत हेरेर टिकटक वा रील बनाउन र कलाकार तथा टिमलाई हौसला दिन प्रोत्साहन गरिएको छ।

यस गीतले केवल मनोरञ्जन मात्र नभई युवाको पीडा, आशा र राष्ट्रप्रेमको कथा प्रस्तुत गरेको छ, जसले दर्शकलाई भावनात्मक रूपमा छोइने विश्वास गरिएको छ।