सुदूरपश्चिम प्रदेशसभामा नेकपा सबैभन्दा ठुलो दल, संसदीय दलको नेतामा खगराज भट्ट

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भई गठन भएको नयाँ नेकपा सबैभन्दा ठुलो दल बनेको छ। तीनै दलका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठकको निर्णय प्रदेशसभा सचिवालयमा औपचारिक रूपमा जानकारी गराइएको छ।

CP Hospital Dhangadhi

नयाँ गठित नेकपाको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्। यसअघि माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गर्दै आएका भट्टको नेतृत्वमा १५ जना सांसदको उपस्थितिमा निर्णय गरिएको हो। निर्वाचनको व्यस्तताका कारण उपस्थित हुन नसकेका अन्य सदस्यहरूले पनि पार्टी एकता र नेतृत्व चयनमा सहमति जनाइसकेको भट्टले जानकारी दिए ।

Attariya Hospital

दलको आन्तरिक संरचना व्यवस्थित गर्न पाँच सदस्यीय विधान मस्यौदा कार्यदल गठन गरिएको छ। कार्यदलमा रमेशसिंह धामी, ओमविक्रम भाट ‘सरल’, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन्।

nawajiwan

यो एकीकरणसँगै २१ सांसदसहित नेकपा प्रदेशसभाको सबैभन्दा ठुलो शक्ति बनेको छ। यसअघि पहिलो स्थानमा रहेको नेपाली कांग्रेस १८ सांसदसहित दोस्रो स्थानमा झरेको छ भने एमालेका ११ र राप्रपाका १ सांसद रहेका छन्।