ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् फागुन १२ मंगलबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – १२ फाल्गुण २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा सफलताका नयाँ अवसरहरू मिल्नेछन्। मनमा शान्ति र प्रशन्नताको भाव रहनेछ। इष्टमित्रहरूको सहयोगले गारो काम पनि सजिलो हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलि मधुर रहनेछ साथै आयमा वृद्धि हुनेछ। नोकरी वा पेशामा परिवर्तनको सम्भावना रहेको छ। परिवारमा आपसी मतभेद सुल्झिनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यहरूमा अग्रगण्यभूमिका निभाउनु पर्ला। खर्चमा वृद्धि हुनेछ। स्वास्थ्य कमजोर भएतापनि काममा दौडधुप धेरै गर्नुपर्ला स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनलाई लिएर घरबाट टाढा जानुपर्ला। जीवनसाथीबाट उपहार प्राप्त होला। व्यापार व्यवसायमा लाभका नयाँ स्रोतहरू फेलापर्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) निजी कामलाई अरुको भरमा छोड्नुभन्दा आफैंले गर्ने प्रयास गर्नुहोस्। शिक्षाको क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहसिक कार्य गर्ने समय रहेको छ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यर्थको वादविवाद वा झगडादेखि बच्नुहोस्। व्यापार विस्तारलाई लिएर योजनाहरू कोरिनेछन्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। दिन सकारात्मक वा मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै शुभ समाचार मिल्नेछ। नयाँ कार्यहरूमा लगानी लगाउनको लागि सोचविचार गरेर मात्र निर्णय लिनुहोला। आफ्नो कमजोरी माथि विचार गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिस्थितिवस आँटेको कार्य रोकिन सक्छ। विश्वास पात्रहरूले सहयोगको नाममा झुक्याउन सक्छन् सावधान रहनुहोस्। प्रतियोगी परीक्षामा अग्रिम स्थान हासिल हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काम थाल्न केही समय पर्खिनुहोला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। रोकिएको कामलाई दोहोराएर प्रयत्न गर्दा राम्रो सफलता हात लाग्नेछ। मानसिक चिन्ता रहन सक्छ आफुलाई व्यस्त राख्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोगले समस्या पन्साउन सकिनेछ। प्रयत्न गर्दा गुमेको स्थान प्राप्त हुनेछ। बोलिको माध्यमले कार्यहरू सिद्ध गर्न सकिनेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ।

हाम्रो पात्रो बाट