गोदावरी–८ स्थित समैजी माविमा २५ लाखको लगानीमा दुई कोठे भवनको शिलान्यास

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको समैजी माध्यमिक विद्यालयमा दुई कोठे पक्की भवन निर्माणका लागि शिलान्यास गरिएको छ। एक संक्षिप्त कार्यक्रमबीच गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट ले भवनको शिलान्यास गर्नुभएको हो।

CP Hospital Dhangadhi

nawajiwan

कार्यक्रममा नगरप्रमुख भट्टले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार नगरभित्रका ५४ वटै विद्यालयमा विषयगत शिक्षक अभावको समस्या समाधान भइसकेको छ। पछिल्लो समय केही विद्यालयमा महिला प्रधानाध्यापकको नेतृत्वमा शैक्षिक गुणस्तरमा सुधार देखिएको उल्लेख गर्दै उहाँले पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षामा जोड दिइने बताउनुभयो।

Attariya Hospital

विद्यालयका प्रधानाध्यापक बिन्दु कुमारी बलायरले नगरप्रमुख भट्टको पहल तथा अर्थ राज्यमन्त्री प्रकाश बम को सहजीकरणमा दुई कोठे पक्की भवन निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। करिब ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा जीर्ण भवनका कारण पठनपाठन प्रभावित हुँदै आएको थियो।

नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरिएको छ। उक्त दुई कोठे भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट विनियोजन भएको जनाइएको छ।