
इरानमाथि इजरायलको आक्रमण सुरू भएलगत्तै खाडी मुलुकहरूले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeera का अनुसार कतार, कुवेत र यूएई ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।

शनिबार इजरायलले इरानका विभिन्न सहरमा हवाई आक्रमण गरेको थियो। यसका जवाफमा इरानले पनि इजरायली लक्ष्यमा प्रतिआक्रमण शुरू गरेको छ। यस द्वन्द्वले मध्यपूर्व क्षेत्रमा तनाव थपिएको र अन्तर्राष्ट्रिय हवाई यात्रा प्रभावित भएको बताइएको छ।

सुरक्षा कारणले हवाई सेवा रोकिएका कारण यात्रुहरू र एयरलाइनहरूलाई वैकल्पिक मार्ग अपनाउन सुझाव दिइएको छ। विशेषज्ञहरूले यो संकटले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय व्यापारमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन्।

































