अमेरिकाले रूसी तेल खरिदमा ३० दिने अस्थायी अनुमति दिए, विश्व ऊर्जा बजारमा स्थिरता ल्याउने प्रयास

Image
Nisarga Hospital

अमेरिकाले समुद्रमा अड्किएका रूसी तेल र पेट्रोलियम पदार्थ खरिदका लागि विभिन्न देशलाई अस्थायी रूपमा ३० दिनको अनुमति दिएको छ।

CP Hospital Dhangadhi

मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा आएको अस्थिरता कम गर्न यो कदम चालिएको अमेरिकी अधिकारी स्कट बेसेन्टले बताए। बीबीसीका अनुसार, यसअनुसार मार्च १२ सम्म जहाजमा लोड भएका रूसी कच्चा तेल बिक्री गर्न पाइनेछ।

Attariya Hospital

यो अस्थायी अनुमति आगामी अप्रिल ११ सम्म लागू हुने छ। यसअघि मार्च ५ मा अमेरिका केवल भारतलाई लक्षित गर्दै ३० दिने छुट दिएको थियो। हाल करिब १२४ मिलियन ब्यारेल रूसी तेल विश्वका लगभग ३० स्थानमा समुद्रमै अड्किएको छ।

nawajiwan

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले खाडी क्षेत्रबाट हुने तेल ढुवानी रोक्ने चेतावनी दिएको छ। अमेरिकी निर्णयले तेल आपूर्तिमा आएको अवरोध केही हदसम्म कम गर्ने र विश्व बजारमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ।