अमेरिका–इरान द्वन्द्व: खाडी क्षेत्रमा तनाव, तेल आपूर्ति जोखिम र मानवीय संकट बढ्दो अवस्थामा

Image
Nisarga Hospital

अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको महत्त्वपूर्ण खार्ग टापुमा सैन्य लक्ष्यमा बमबारी गरेको छ। अमेरिकी सेनाले टापुमा रहेका लक्ष्य पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आवश्यक परे तेल पूर्वाधारलाई पनि निशाना बनाउने चेतावनी दिएको छ।

CP Hospital Dhangadhi

इरानी संसद अध्यक्ष मोहम्मद बाघेर कालीबाफले यस्ता आक्रमणले इरानको कडा प्रतिक्रिया निम्त्याउने चेतावनी दिएका छन्। तेहरानमा विस्फोट भएपछि वार्षिक प्यालेस्टिनी समर्थक र्‍याली प्रभावित भएको थियो। अमेरिकी ३१औँ मरिन एक्सपेडिसनरी युनिट र एम्फिबियस युद्धपोत त्रिपोली मध्यपूर्वमा तैनाथ गरिएको छ। अमेरिकी नौसेनाले अरब सागरमा एरोक्राफ्ट क्यारियर अब्राहाम लिङ्कन र आठ विध्वंसक जहाज परिचालनमा राखेको छ।

Attariya Hospital

इरान–इजरायल–खाडी क्षेत्रीय द्वन्द्वले स्ट्रेट अफ होर्मुज बन्द, तेल आपूर्ति जोखिम र अन्तर्राष्ट्रिय बजारमा दबाव सिर्जना गरेको छ। लेबननमा हिजबुल्लाह–इजरायल संघर्षले सयौँको मृत्यु र लाखौं विस्थापित गराएको छ। यस द्वन्द्वले विश्वव्यापी अर्थतन्त्र, सुरक्षा स्थिति र मानवीय संकटमा गम्भीर असर पुर्‍याइरहेको छ।

nawajiwan