लामो युद्धका लागि तयार इरान, अमेरिकालाई कडा चेतावनी

Image
Nisarga Hospital

इरानले अमेरिका र इजरायलसँग सम्भावित लामो युद्धका लागि आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ। विदेशमन्त्री Abbas Araghchi ले आवश्यक परे देशले छ महिनासम्म द्वन्द्व जारी राख्न सक्ने संकेत दिएका छन्। उनका अनुसार इरान दीर्घकालीन संघर्षका लागि सक्षम रहेको र परिस्थितिअनुसार रणनीति तय गरिनेछ।

CP Hospital Dhangadhi

अराघचीले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ता सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसको रक्षा गर्न कुनै कसर बाँकी नराखिने बताए। उनले अमेरिकालाई चेतावनी दिँदै इरान कुनै पनि स्थल आक्रमणको सामना गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। “हामी उनीहरूको प्रतीक्षामा छौं,” उनले भने।

Attariya Hospital

उनले इरान आफैं युद्ध चाहँदैन तर आक्रमण भए कडा जवाफ दिन सक्ने क्षमता रहेको उल्लेख गरे। साथै, अमेरिकाले यस्तो कदम चाले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिए।

nawajiwan
Advertize US