इरानविरुद्धको सैन्य अभियान सफलताको नजिक पुगेको ट्रम्पको दाबी, आणविक कार्यक्रम ध्वस्त भएको भनाइ

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन्। बिहीबार ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले अमेरिकी सैन्य उद्देश्यहरू पूरा हुने चरणमा पुगेको र छिट्टै अभियान पूर्ण हुने बताए।

CP Hospital Dhangadhi

ट्रम्पले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य संरचना कमजोर बनाएको उल्लेख गर्दै नौसेना, वायुसेना र उच्च नेतृत्व ठूलो क्षतिमा परेको दाबी गरे। उनका अनुसार इरानको मिसाइल तथा ड्रोन क्षमता पनि उल्लेख्य रूपमा घटेको छ। ‘अमेरिका जितिरहेको छ, र यो ठूलो जित हो,’ उनले भने।

Attariya Hospital

उनले २०२५ जुनमा गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’ मार्फत इरानका आणविक केन्द्रहरू ध्वस्त पारिएको दाबी गर्दै ओबामाको आणविक सम्झौता गल्ती भएको टिप्पणी गरे। साथै, इजरायल र खाडी मुलुकलाई अमेरिकाले निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाउँदै हर्मुज जलसन्धिको सुरक्षामा सहयोगी राष्ट्रहरूलाई अघि बढ्न आग्रह गरे। उनले इन्धन मूल्य वृद्धिको दोष इरानलाई दिए।

nawajiwan
Advertize US