इरान–अमेरिका तनाव झनै चर्किँदै: ईरानद्वारा ४८ घण्टे युद्धविराम प्रस्ताव अस्वीकार

Image
Nisarga Hospital

इरानले अमेरिकाले प्रस्ताव गरेको ४८ घण्टे युद्धविराम अस्वीकार गरेको छ। सरकारी समाचार एजेन्सी फर्सले सो जानकारी दिएको छ। प्रस्ताव अमेरिकाले एक ‘मैत्रीपूर्ण’ देशमार्फत पठाएको बताइएको छ।

CP Hospital Dhangadhi

वाशिङटनले युद्धविरामका लागि कूटनीतिक प्रयास तीव्र बनाएको छ। यो कदम कुवेतको बुबियान टापुस्थित अमेरिकी गोदाममा भएको आक्रमणपछि आएको हो। उक्त घटनाले अमेरिकी सैन्य गतिविधिमा चुनौती सिर्जना गरेको छ। फर्सका अनुसार प्रस्ताव अमेरिकी–इजरायली आक्रमण र क्षेत्रीय संकटसँग सम्बन्धित छ।

Attariya Hospital

अमेरिकाले इरानको सैन्य क्षमताको गलत अनुमान गरेको बताइएको छ। इरानले लिखित जवाफ नदिई आक्रमण जारी राख्दै अस्वीकार स्पष्ट पारेको छ। फेब्रुअरी २८ मा इजरायल–अमेरिकाले तेहरान र अन्य शहरमा आक्रमण गरेका थिए। यसपछि इरानले मिसाइल तथा ड्रोन आक्रमणको लहर सुरु गरेको छ। यो घटनाक्रमले मध्यपूर्वमा तनाव अझ बढाएको छ।

nawajiwan

इरान–अमेरिका–इजरायलबीचको द्वन्द्व गहिरिँदै गएको छ र आगामी दिनमा कूटनीतिक समाधानभन्दा सैन्य टकरावको जोखिम बढ्दै गएको देखिन्छ, जसले क्षेत्रीय स्थायित्व, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर असर पार्ने चेतावनी विश्लेषकहरूले दिएका छन् भनेर बताए