दक्षिण कोरियामा सुदूरपश्चिमेली संस्कृति झल्किने भव्य देउडा कार्यक्रम आयोजना हुने

Image
Nisarga Hospital

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच सुदूरपश्चिमेली मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८३ तथा सुदूरपश्चिमको प्रमुख पर्व विसुको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

CP Hospital Dhangadhi

आगामी अप्रिल १२ (आइतबार) बिहान ११:०० बजे कोरियाको सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा शुभकामना आदानप्रदानसँगै देउडा विशेष प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा सुदूरपश्चिमको मौलिक देउडा नृत्य, गीत, सांगीतिक प्रस्तुति तथा परम्परागत परिकारहरूको विशेष व्यवस्था गरिएको छ।

कार्यक्रमलाई अझ आकर्षक बनाउन चर्चित लोक तथा देउडा गायकहरू Gauri Bhatt र Kamal Birahi Thapaको विशेष प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई उल्लासमय बनाउने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जगेर्ना गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।

कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। यसले प्रवासी भूमिमा नेपालीपनको झल्को दिनुका साथै सुदूरपश्चिमेली समुदायबीच सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

निवेदकका रूपमा वासुदेव भट्ट, सचिव नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा तथा सल्लाहकार सुदूरपश्चिम समाज दक्षिण कोरियाले कार्यक्रम सफल बनाउन सबैमा आग्रह गरेका छन्।