इस्लामावादमा इरान–अमेरिका उच्चस्तरीय वार्ता, स्थायी शान्तिको प्रयास

Image
Nisarga Hospital

विगत केही समयदेखि तनावपूर्ण अवस्थामा रहेका Iran र United Statesबीच आज पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु हुँदैछ। दुई हप्ताको अस्थायी युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यसहित भएको यो वार्तालाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ।

CP Hospital Dhangadhi

अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानको तर्फबाट विदेशमन्त्री अब्बास अराघची सहभागी छन्। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाउँदै ‘प्रोक्सिमिटी’ ढाँचामा वार्ता सञ्चालन गरिरहेको छ।

मुख्य एजेण्डामा युद्धविरामलाई स्थायी बनाउने, तेल आपूर्ति सहज बनाउने, आर्थिक प्रतिबन्ध हटाउने तथा इरानको आणविक कार्यक्रमबारे सहमति खोज्ने विषयहरू रहेका छन्।

nawajiwan
Attariya Hospital

सुरक्षालाई ध्यानमा राख्दै इस्लामावादमा कडा सुरक्षा व्यवस्था गरिएको छ र हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। सन् १९७९ पछि पहिलो पटक यति उच्चस्तरीय प्रत्यक्ष/अप्रत्यक्ष संवाद भएकाले यसलाई ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

वार्ताको परिणामले मध्यपूर्वको शान्ति र विश्व ऊर्जा बजारमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।