इरानबाट ३१२ भारतीय माझीको उद्धार, आर्मेनिया हुँदै सुरक्षित स्वदेश फिर्ता

Image
Nisarga Hospital

भारतीय विदेशमन्त्री एस जयशंकरले इरानमा फसेका ३१२ जना भारतीय माझीहरूलाई आर्मेनिया हुँदै सुरक्षित रूपमा स्वदेश फर्काइएको जानकारी दिएका छन्। उनले उद्धार प्रक्रियामा सहयोग पुर्‍याएकोमा आर्मेनियाली अधिकारीहरूलाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत शनिबार उनले यसबारे जानकारी सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

यसअघि अप्रिल ४ मा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले चेन्नईमा ती माझीहरूको स्वागत गरेका थिए। उनले पश्चिम एसियामा जारी द्वन्द्वका बीच आफ्ना सदस्य फर्किँदा परिवारमा खुशी छाएको बताए।

Attariya Hospital

विदेश मन्त्रालयका अनुसार अप्रिल २ सम्म इरानबाट १,२०० भन्दा बढी भारतीय नागरिकलाई सुरक्षित स्थानान्तरण गरिएको छ, जसमध्ये ९९६ जनालाई आर्मेनिया सारिएको थियो। मन्त्रालयले बाँकी नागरिकको उद्धारमा पनि निरन्तर समन्वय गरिरहेको जनाएको छ।

nawajiwan