हर्मुज जलमार्ग खुला, युद्धविराम अवधिभर तेल ढुवानी सहज हुने संकेत

Image
Nisarga Hospital

इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज युद्धविराम अवधिभर पूर्णरूपमा खुला रहने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी वक्तव्यमा लेबनानमा भएको युद्धविरामसँग समन्वय गर्दै उक्त मार्ग हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमन पूर्ण रूपमा खुला गरिएको बताएका छन्। इरानको बन्दरगाह तथा समुद्री संगठनले यसअघि नै सार्वजनिक गरेको समन्वित मार्गअनुसार जहाज सञ्चालन हुने स्पष्ट पारे।

CP Hospital Dhangadhi

यसअघि इरानले फेब्रुअरीमा अमेरिका–इजरायलको आक्रमणको प्रतिक्रियास्वरूप विश्वकै व्यस्त तेल ढुवानी मार्ग मानिने हर्मुज बन्द गरेको थियो। त्यसपछि यसै साताको सुरुआतमा अमेरिकाले हर्मुज नौसैनिक नाकाबन्दी सुरु गर्ने घोषणा गरेको थियो। इरान–अमेरिका बीचको दुई साताको युद्धविराम आगामी अप्रिल २२ मा सकिने तय छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इरानको घोषणाप्रति प्रतिक्रिया दिएका छन्। उनले धन्यवाद दिँदै स्ट्रेट खुला हुनु विश्व तेल आपूर्तिका लागि सकारात्मक संकेत भएको बताएका छन्। यसले विश्वको प्रमुख तेल ढुवानी मार्ग पुनः सञ्चालन हुने संकेत दिएको छ।

Attariya Hospital

विश्लेषकहरूका अनुसार यस निर्णयले ऊर्जा बजारमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ र अन्तर्राष्ट्रिय व्यापार सहज हुने अनुमान गरिएको छ तर जोखिम अझै कायम छ।

nawajiwan
Advertize US