
Hormuz Straitमा २४ घण्टाभित्रै नाटकीय उतार–चढाव देखिँदा विश्व पुनः तनावतर्फ धकेलिएको छ। केही समयअघि मात्र मार्ग पूर्ण रूपमा खुला हुने संकेतसँगै तेलको मूल्य घटेको थियो। Abbas Araghchiले जलमार्ग सुरक्षित रहेको बताएपछि Donald Trumpले स्वागत गर्दै धन्यवाद दिएका थिए।

तर, उक्त स्थिति लामो समय टिक्न सकेन। Islamic Revolutionary Guard Corpsले नयाँ चेतावनी जारी गर्दै अमेरिकाले नाकाबन्दी नहटाएसम्म मार्ग बन्द रहने स्पष्ट पारेको छ। साथै, जलमार्ग प्रयोग गर्ने जहाजलाई सिधै निशाना बनाइने चेतावनी दिइएको छ।

यसैबीच, ओमान नजिकै दुई व्यापारिक जहाजमाथि इरानी गनबोटले गोली चलाएको रिपोर्ट सार्वजनिक भएको छ। इरानका शक्तिशाली समूहहरूले सैन्य तयारी तीव्र पारेका छन् भने अमेरिकाले पनि उच्चस्तरीय सुरक्षा बैठक गर्दै सम्भावित कदमबारे छलफल थालेको छ।

युद्धविरामको म्याद नजिकिँदै जाँदा अविश्वास बढेको छ। आगामी ७२ घण्टा विश्व शान्ति र ऊर्जा बजारका लागि निर्णायक बन्न सक्ने देखिएको छ।





























