इरान–अमेरिका आणविक तनावबीच रूसको मध्यस्थता प्रस्ताव, युरेनियम विवाद चर्कियो

Image
Nisarga Hospital

रूसको सरकारी स्वामित्वको आणविक ऊर्जा कम्पनी रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले इरानबाट संवर्धित युरेनियम ओसारपसारमा रूसले सहयोग गर्न सक्ने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार अमेरिका–इरानबीचको सम्भावित सम्झौतामा सबैभन्दा महत्त्वपूर्ण पक्ष “विश्वास” हो।

CP Hospital Dhangadhi

लिखाचेभले रूससँग इरानसँग लामो समयदेखिको सहकार्य र अनुभव रहेको दाबी गर्दै सन् २०१५ मा पनि युरेनियम ढुवानीमा सहयोग गरेको स्मरण गराएका छन्। उनले अहिले पनि आवश्यक परे रूस जिम्मेवारी लिन तयार रहेको बताएका छन्।

यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता नजिक पुगेको दाबी गरेको केही दिनपछि आएको हो। ट्रम्पले इरानले ४४० किलो संवर्धित युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको बताएका थिए।

nawajiwan
Attariya Hospital

तर इरानको विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै कुनै सहमति नभएको स्पष्ट पारेको छ।

विशेषज्ञहरूका अनुसार यो युरेनियम आणविक ऊर्जा उत्पादनदेखि हतियार विकाससम्म प्रयोग हुन सक्छ। यसबीच रूसले मध्यस्थताको भूमिका खेल्ने संकेतले अन्तर्राष्ट्रिय आणविक कूटनीतिमा नयाँ बहस सुरु भएको छ।