
आज – ०७ बैशाख २०८३ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रम परे पनि दिन सफलतादायक रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शत्रु र प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आत्मविश्वासको कमीले आएको अवसर गुमाउनु पर्ला। पुरानो विषयमा अल्झिन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक विषयमा सजग रहनु उपयोगी हुनेछ। जोश र जाँगर बढ्ने संकेत देखिन्छ। अधुरा कामहरू पूरा गर्ने प्रेरणा जाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक सुख सुविधामा धन खर्चका योग छन्। समयमा मित्रहरूको साथ पाइनेछ। वाणिमा संयमता र स्पष्ट संवाद कायम राख्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै कुरालाई लिएर मनमा मानसिक चिन्ता बढ्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सेवामुलुक कार्यबाट समाजमा नाम स्थापित गर्न सकिनेछ। सक्रिय भूमिका निभाउनेछ। कानुनी पक्ष मजबुत रहनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर व्यवहारमा अगाडि बढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कामतर्फ आकर्षण बढ्नेछ। निर्णय क्षमताले राम्रो परिणाम दिनेछ। परिवारको साथले हौसला बढ्नेछ। दैनिकी काम सहज रुपमा अघि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। भावनामा सन्तुलन आवश्यक देखिन्छ। नयाँ चिनजानबाट लाभ उठाउन सकिनेछ। भौतिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गृहणीहरूको गृहकार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। व्यावसायिक मुद्दा मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सानो दुरीको सुखद यात्राको योग छ। पराक्रमद्वारा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुर्नेछ। सरकारी कामकाजमा प्रभाव बढ्नेछ। लागतको मूल्याङ्कन नगरी कार्य प्रारम्भ नगरौँ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अवसर प्राप्त भएतापनि कार्यक्षेत्रमा बाधा आउनेछ। आर्थिक पक्ष मजबुत बन्दै जानेछ। घर परिवारमा धेरै समय दिन नसक्नाले परिवारमध्य असमझदारी बढ्नेछ। पहिलाको कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।
हाम्रो पात्रो बाट



























