होर्मुज पूर्णरुपमा बन्द, विश्व हल्लियो: तेल मूल्य आकासिँदा अमेरिका–इरान तनाव खतरनाक मोडमा

Image
Nisarga Hospital

इरानले Strait of Hormuz पुनः बन्द गरेपछि विश्व ऊर्जा बजारमा ठूलो हलचल आएको छ। विश्वको करिब पाँचौँ हिस्सा तेल आपूर्ति हुने यो जलमार्ग अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य झण्डै ७ प्रतिशतले बढेको छ।

CP Hospital Dhangadhi

Brent Crude प्रति ब्यारेल ९६.८८ डलर पुगेको छ भने अमेरिकी कच्चा तेल पनि ९०.३३ डलरमा उक्लिएको छ। इरानले अमेरिका माथि ‘विश्वासघात’ को आरोप लगाउँदै जलमार्ग बन्द गर्ने निर्णय गरेपछि स्थिति झनै जटिल बनेको हो।

Attariya Hospital

यसैबीच United States Navy ले ओमानको खाडीमा इरानी झण्डा बोकेको कार्गो जहाज नियन्त्रणमा लिँदा तनाव थप चर्किएको छ। ट्र्याकिङ तथ्यांक अनुसार हाल सो मार्ग हुँदै कुनै पनि ट्याङ्कर आवतजावत गरेका छैनन्।

nawajiwan

अमेरिकामा पेट्रोलको मूल्य बढेर प्रति ग्यालन ४.०५ डलर पुगेको छ। ऊर्जा सचिव Chris Wright ले मूल्य घट्न अझै समय लाग्ने संकेत दिएका छन्। युद्धविरामको समयसीमा सकिन लागेकाले अवस्था थप विस्फोटक बन्ने खतरा बढेको छ।