राष्ट्रिय स्वतन्त्र पार्टीमा भूपदेव शाह महामन्त्री, सागर ढकाल र सरिता श्री ज्ञवाली सचिवालय सदस्य नियुक्त

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई आफ्नो नयाँ महामन्त्री नियुक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा आयोजित केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ। बैठकमा प्रवक्ता मनिष झाले सहभागीहरूलाई नियुक्तिको जानकारी दिँदै भूपदेव शाहको अनुभव र पार्टीमा योगदानलाई दृष्टिगत गर्दै यो निर्णय गरिएको बताए।

CP Hospital Dhangadhi

साथै, पार्टीको सचिवालय सदस्य पदमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई नियुक्त गरिएको छ। उनीहरूलाई सचिवालय सदस्य बनाउने निर्णयले पार्टीको संगठनात्मक संरचना बलियो बनाउने र कार्य सञ्चालनमा गति ल्याउने विश्वास गरिएको छ।

Attariya Hospital

केन्द्रीय समितिले आगामी समयमा पार्टीको नीति तथा रणनीति कार्यान्वयनमा नयाँ सदस्यहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरेको छ। पार्टीका नेताहरूले नयाँ नियुक्तिहरूले संगठन सुदृढ गर्ने र पार्टीको आगामी निर्वाचन तयारीमा महत्त्वपूर्ण भूमिका निभाउनेमा आशा व्यक्त गरेका छन्। यस निर्णयसँगै रास्वपा भित्र नेतृत्व र संगठनात्मक पुनर्संरचनामा नयाँ पाटो थपिएको छ।

nawajiwan