
इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने तयारीमा छन्। उनी वासिङ्टन डीसीबाट प्रस्थान गरी बुधबार दिउँसोसम्म इस्लामावाद पुग्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि जस्तै, डोनाल्ड ट्रम्प का प्रतिनिधिका रूपमा स्टिभ विटकफ र जारेड कुश्नर पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ। वार्ताको तयारीस्वरूप केही अमेरिकी सैन्य विमानहरू पहिल्यै पाकिस्तान पुगिसकेका छन्।

तर इरानको सहभागिता अझै अनिश्चित छ। इरानी संसदका सभामुख मोहम्मद बघेर कलिबाफ ले धम्कीको वातावरणमा वार्ता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। यसले प्रस्तावित दोस्रो चरणको शान्ति वार्ताको सफलतामाथि प्रश्न उठाएको छ।

दुवै पक्षबीच विश्वासको अभाव र राजनीतिक तनाव कायमै रहेकाले वार्ता हुने नहुने अन्योल अझै हट्न सकेको छैन।





























