
अत्तरियाः कैलालीको अत्तरियामा अवस्थित सत्यवती एकेडेमी गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा उल्लेखनीय सफलता हासिल गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।

अतरियामै सफल शैक्षिक संस्थाका रूपमा रहेको सत्यवती एकेडेमी अतिरिक्त क्रियाकलापमा पनि सफलता हासिल गर्दै आएको छ। विद्यार्थीहरूलाई पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने आफ्नै विद्यालय परिसरमा विभिन्न खेलको आयोजना गर्दै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट बनाउने र विद्यार्थीको मनोबल बढाई उनीहरूलाई सुहाउँदो वातावरणमा अतिरिक्त क्रियाकलाप सम्बन्धी शिक्षा दिने कार्य सत्यवती एकेडेमीले गर्दै आएको छ।

विद्यालयले गतवर्ष २०८२ मा मात्रै अतिरिक्त क्रियाकलापमा निकै ठूलो सफलता हात पारेको छ। विद्यालयले आयोजना गरेका मात्रै नभई स्थानीय पालिका जिल्ला प्रदेश र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आयोजित विभिन्न खेलकुद लगायत अतिरिक्त क्रियाकलापहरूमा विद्यालयले सफलता हासिल गरेको छ।
गोदावरी नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङसिल्डमा विद्यालयले विभिन्न क्रियाकलापमा स्वर्ण रजत र काश्य पदक गर्दै तेस्रो स्थान हासिल गरेको थियो। यस्तै धनगढी क्रिकेट एकेडेमी डिसीए द्वारा आयोजित ड्रिमर्स कप २०८२ मा कक्षा ६ मुनिको क्रिकेट प्रतियोगितामा पनि सत्यवती एकेडेमी विजेता बनेको थियो। त्यस्तै विद्यालयले आफैंले आयोजना गरेको प्रथम सत्यवती कप २०८२ कक्षा ६ मुनिको फुटबल प्रतियोगितामा पनि सत्यवती एकेडेमी आयोजक स्वयं विद्यालय विजेता बनेको थियो।
सुदूरपश्चिम प्रदेश फुटबल सङ्घद्वारा आयोजित एन्फा यु १४ अन्तर विद्यालय प्रतियोगिता २०८२ मा पनि सत्य एकेडेमी विजेता बनेको थियो। यस्तै कैलाली जिल्ला फुटबल संघद्वारा आयोजित एन्फा हिउँ १४ अन्तरविद्यालय प्रतियोगिता २०८२ को विजेता बन्न पनि सफल भएको थियो।
त्यस्तै प्रथम कञ्चनजङ्गा हिउँ १७ विद्यालय स्तरीय पुरुष आमन्त्रित फुटबल प्रतियोगिता २०८२ र प्रथम सिन्धुराज अवस्थ स्मृति क्रिकेट कप २०८२ मा पनि उपविजेता बन्न सफल भएको थियो।

पढाइ सँगसँगै खेलकुददेखि लिएर अतिरिक्त क्रियाकलापमा राम्रो भएको र खासमा खेलकुद नै भनेर आएको कोचहरु नि राम्रा भएका क्रिकेट सिकेको आठ नौ महिनामै प्रदेश स्तरीय खेल खेल्न पाएको बताउँछन्। सोही विद्यालयमा अध्ययनरत कक्षा १० का छात्र निरज भट्टराई।
यस्तै विभिन्न खेलहरू आयोजना गर्दै आएको खेलमैदान फुट्सल हल क्रिकेट पिच बास्केटबल कोड एथलेटिक्सतर्फ लङ्जम हाइजम लगायत दौड गराउन उपयुक्त खेलमैदान पर्याप्त मात्रामा खेलकुद सामग्री मार्सल आर्टतर्फ कराते तेगन्दो उस्सु खेलाइँदै आएको र खेलकुदमा विद्यालयको भविष्य राम्रो भएको बताउँछन् राष्ट्रिय रेफ्री तथा प्रशिक्षक पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय खेलाडी डम्बर साउद ।
सत्यवती एकेडेमी ग्रासरुटमा धेरै ध्यान दिने गर्दछ धेरै प्रतियोगितामा सफल भएको बताउँछन् सोही विद्यालयमा अध्ययनरत विद्यार्थी भुवन भाट ।
हाम्रो यस स्कुलले विभिन्न ठाउँमा धनगढी होस् या महेन्द्रनगर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँछन् सोही विद्यालयका क्रिकेट प्रशिक्षक खगेन्द्र जोशी।
पढाइका साथसाथै खेलकुदमा पनि धेरै ध्यान दिएको र सुदूरपश्चिमका कुनाकुना विद्यार्थीहरुलाई सहभागी गराउने अन्तर्राष्ट्रिय स्तरमा पनि विद्यार्थीहरुलाई सहभागी गराउँदै खेलाउने गरेको बताउँछन् सोही विद्यालयका फुटबल प्रशिक्षक सन्तोष कार्की।
गत वर्ष जस्तै आगामी वर्षहरू र यो वर्ष पनि अतिरिक्त क्रियाकलापमा धेरैभन्दा धेरै सहभागी भएर विद्यार्थी हरूको खेलकुदतर्फ आकर्षण बढाउने र अतिरिक्त क्रियाकलापमा अझै सफलता हात पार्न लागिपर्ने विद्यालय परिवारले बताएको छ।
अतिरिक्त क्रियाकलापमा मात्रै नभई पढाइमा पनि उत्कृष्ट नतिजा ल्याउँदै सफल शैक्षिक संस्थाका रूपमा सत्यवती एकेडेमी चिनिँदै आएको छ।





























