
स्ट्रेट अफ होर्मुजमा तनाव बढ्दै इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले दुई कार्गो जहाज नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय अवस्था जटिल बनेको छ। घटनापछि अमेरिका–इरानबीचको सम्भावित युद्धविराम खतरामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतको यूके मेरीटाइम ट्रेड अपरेसन्स सेन्टरका अनुसार आईआरजीसीले एक जहाजमाथि गोली प्रहार गरेको थियो। इरानी मिडियाका अनुसार एमएससी फ्रान्सेस्का र अर्को जहाज कब्जा गरी इरानी तटतर्फ मोडिएको छ।

आईआरजीसीले अनुमति बिना यात्रा र नेभिगेसन सिस्टम छेडछाड गरेको आरोप लगाएको छ। घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम समयसीमा विस्तारपछि भएको हो।

विश्लेषकहरूका अनुसार यो घटना अमेरिका–इरान शान्ति सम्झौतामा ठूलो अवरोध बन्न सक्छ। हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।





























