होर्मुज जलमार्गमा नयाँ कानुनको तयारी, इरानद्वारा विदेशी जहाजमा कडाइको संकेत

Image
Nisarga Hospital

इरानले विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’ मा विदेशी जहाजहरूको आवागमन व्यवस्थापन गर्न नयाँ विधेयकको मस्यौदा तयार पारेको छ। प्रस्तावित कानुनअनुसार इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूलाई इरानी जलक्षेत्रमा प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइनेछ भने अन्य विदेशी जहाजहरूमाथि कर लगाउने योजना रहेको छ।

CP Hospital Dhangadhi

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले विधेयकलाई ‘निवारक कानुन’का रूपमा पारित गर्ने तयारी भइरहेको बताएका छन्। उनका अनुसार विदेश मन्त्रालय, बन्दरगाह तथा समुद्री संगठनसँगको समन्वयमा यसलाई अन्तिम रूप दिइएको हो।

Attariya Hospital

इरानले होर्मुजमा स्वतन्त्र आवागमनको वकालत गरे पनि अमेरिकी सैन्य उपस्थिति र इजरायली गतिविधिले असुरक्षा बढाएको आरोप लगाएको छ। यसबीच, फार्स न्युज एजेन्सीले इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडप भएको जनाएको छ। विधेयक पारित भएमा क्षेत्रीय तनाव अझ बढ्न सक्ने विश्लेषण गरिएको छ।

nawajiwan