अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री, ऐतिहासिक राजनीतिक उदय

Image
Nisarga Hospital

रंगमञ्चबाट राजनीति प्रवेश गरेका चर्चित तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (TVK) ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

CP Hospital Dhangadhi

विजयको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा भव्य समारोहबीच हुने तय भएको छ। कार्यक्रममा भारतीय कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।

Attariya Hospital

दुई वर्षअघि स्थापना भएको TVK ले आफ्नो पहिलो विधानसभा निर्वाचनमै उल्लेखनीय सफलता हासिल गर्दै २३४ सिटमध्ये १०८ सिट जितेको थियो। सहयोगी दलहरूको समर्थनपछि पार्टीसँग अहिले १२१ विधायकको समर्थन रहेको छ, जुन बहुमतका लागि आवश्यक ११८ सिटभन्दा बढी हो।

nawajiwan

यो जितसँगै विजयको राजनीतिक यात्रा ऐतिहासिक मोडमा पुगेको छ र तमिलनाडुमा नयाँ राजनीतिक समीकरण सुरु भएको विश्लेषण गरिएको छ