होर्मुज जलमार्गमा इरानको कडा नियन्त्रण, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

Image
Nisarga Hospital

होर्मुज जलमार्गमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) नौसेनाले कडा निगरानी तथा नियन्त्रण बढाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ३३ वटा जहाजलाई अनुमति दिएर सुरक्षित रूपमा जलमार्ग पार गर्न दिएको जनाएको छ।

CP Hospital Dhangadhi

आइआरजीसीका अनुसार ती जहाजहरूमा तेल ट्यांकर, कन्टेनर र व्यापारिक जहाजहरू समावेश छन्। सबै जहाजले अग्रिम समन्वय र अनुमति लिएपछि मात्र मार्ग प्रयोग गर्न पाएका थिए। मंगलबारदेखि शनिबारसम्म कुल ११७ जहाजले यो जलमार्ग प्रयोग गरेको विवरण सार्वजनिक गरिएको छ।

Attariya Hospital

इरानी पक्षले अमेरिका र इजरायलसँगको तनावपछि उत्पन्न सुरक्षा जोखिमका कारण जलमार्गमा “स्मार्ट नियन्त्रण” लागू गरिएको दाबी गरेको छ। वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले यो कदम राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको र स्वतन्त्र व्यापार रोक्ने उद्देश्य नभएको बताएका छन्।

nawajiwan

त्यसैगरी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाईले वर्तमान अवस्था युद्धपूर्व जस्तो नरहने स्पष्ट पारेका छन्। उनले इरानको नियन्त्रण कायम रहने र भविष्यमा जहाज आवतजावत सहज बनाउन सकिने संकेत गरेका छन्। यसैबीच, क्षेत्रीय तनावबीच अमेरिका र इरानबीच नौसैनिक गतिविधि थप चर्किएको बताइएको छ।