अछाममा जिप भीषण दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर घाइते

Image
Nisarga Hospital

अछामः मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

CP Hospital Dhangadhi

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइते अवस्थामा रहेका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मृतकमा मकवानपुर हेटौंडाका ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसगढीका ४५ वर्षीय रामप्रकाश थारु रहेका छन्। उनीहरूको शनिबार बिहान मृत्यु भएको पुष्टि गरिएको छ।

nawajiwan
Attariya Hospital

दुर्घटनामा चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। बाँके नेपालगञ्जका २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहा कल्याणपुरका २७ वर्षीय सन्तकुमार शाहको अवस्था गम्भीर रहेको छ। उनीहरूको सुर्खेतमै उपचार भइरहेको छ।

स्याङ्जा फेदीखोला–४ का अर्जुनकुमार पौडेलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। जिप करिब दुई सय मिटर तल खसेको र दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।