डोटीको बोगटानमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सुरु, एक हजार नागरिक लाभान्वित हुने अपेक्षा

Image
Nisarga Hospital

डोटीको बोगटान फुड्सिल गाउँपालिका–स्थित चवराचौतारामा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। शुक्रबारदेखि सुरु भएको शिविर निसर्ग हस्पिटल धनगढीको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ भने यसले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा पहुँचमा ल्याउने लक्ष्य राखेको छ।

CP Hospital Dhangadhi

शिविरको आयोजना स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले गरेको हो। बोगटान फुड्सिल गाउँपालिका र चवराचौतारा समाज धनगढीले आवश्यक समन्वय तथा सहयोग गरिरहेका छन्। निसर्ग हस्पिटलका फोकल पर्सन केशवराज जोशीका अनुसार शिविर दुई दिनसम्म सञ्चालन हुनेछ।

शिविरमा विभिन्न रोगको परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरणको व्यवस्था गरिएको छ। यसबाट करिब एक हजार स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

शिविरमा फिजिसियन, बालरोग, हाडजोर्नी तथा नसारोग, नाक–कान–घाँटी, मानसिक स्वास्थ्यलगायत विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरू सहभागी छन्। उनीहरूले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरले स्थानीय नागरिकको स्वास्थ्य उपचारमा महत्वपूर्ण राहत पुग्ने विश्वास गरिएको छ।